सरकारले तोकेको समयसीमा भित्र मेलम्चीको खानेपानी काठमाडौं ल्याउछौं: उमाकान्त चौधरी (भिडियो सहित)

  • News Agency Nepal

    शुक्रबार, पुष ३० २०७८
  • सरकारले तोकेको समयसीमा भित्र मेलम्चीको खानेपानी काठमाडौं ल्याउछौं: उमाकान्त चौधरी   (भिडियो सहित)

     

    काठमाडौं, पुष २९ गते । खानेपानी मन्त्री उमाकान्त चौधरीले सरकारले घोषणा गरेकै समयमा मेलम्चीको खानेपानी काठमाडौं ल्याउने बताउनु भएको छ । शुक्रवार सिंहदरवारमा भएको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री चौधरीले सरकारले घोषणा गरेकै समयमा मेलम्चीको पानी काठमाडौं ल्याउने बताउनु भएको हो । उहाँले आफ्नो मन्त्रालयका कर्मचारीहरु दिनरात खानेपानीको काममा खटिरहेकोले अस्थायीरुपमा नै भएपनि सरकारले तोकेको समयसीमा भित्र मेलम्चीको खानेपानी काठमाडौं आउने बताउनुभयो । मन्त्री चौधरीले पानीको मुहान र जलाधार संरक्षित नगरी दीर्घकालीन योजना सञ्चालन हुन नसक्ने बताउनु भयो । मन्त्री चौधरीले खानेपानी कुनै पनि नागरिकले शुद्ध खानेपानी खानबाट वञ्चित हुन नपरोस् भन्ने कुरा कागजमा मात्रै नभइ कार्यान्वयन गरेर देखाउने बताउनु भयो । मन्त्री चौधरीले भन्नुभयो, ‘हामी लगायत हाम्रा सबै टिम दिनरात खटेर भएपनि हामी चाँडो भन्दा चाँडो सरकारले घोषणा गरेको समयमा नै हामीले काठमाडौं वासीलाई अस्थायी भए पनि पानी ल्याएर ख्वाउँछौँ भनेर हामी पूरै लागि परेका छौँ र लाग्छौँ पनि । त्यसलाई सफल बनाउन सबै टीमले मेहेनत गर्नुहुनेछ । हामी सरकारले घोषणा गरेकै समयभित्र पानी ख्वाउने प्रतिवद्धता जनाउँछौँ । जबसम्म पानीको मुहान र जलाधार संरक्षित नगरी दीर्घकालीन योजना सञ्चालन गर्न गाह्रो छ । त्यसको लागि एडिबीसँग कुरा पनि गरेका छौँ । त्यहाँ एडिबीको एउटा अध्ययन टोलीले अध्ययन गरिरहेको छ । खानेपानी सरसफाई संविधानमा नै मौलिक हकको रुपमा रहेको कारणले पनि सरकारले कुनै पनि नागरिक शुद्ध खानेपानी खानबाट वञ्चित हुन नपरोस् त्यसलाई व्यवस्थित गर्नको लागि कागजमा मात्रै होइन, कार्यान्वयन गरेर देखाउँछौँ ।’

    नेपाली काँग्रेसकी सांसद रंगमती शाहीले वृहत खानेपानी आयोजना सर्वेका लागि आफ्नो जिल्लामा हालसम्म कर्मचारी नै नपुगेको गुनासो गर्नुभयो । उहाँले योजना आएको तीन वर्षमा सर्वे हुन नसकेको भन्दै जनतासमक्ष जान पनि लाजमर्दो भएको बताउनु भयो ।

     

    नेकपा एमालेका सांसद यज्ञराज सुनुवारले खानेपानी मन्त्रालयले खानेपानीको वृहत् योजनाका लागि दीर्घकालीन र मध्यकालीन, तत्कालीन योजना बनाएर अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले मन्त्रालयले अध्ययन गरेर दीर्घकालीन योजना बनाएर काम गर्नुपर्ने बताउनु भयो । उहाँले सोलुखुम्बु, ओखलढुंगा र खोटाङको खानेपानी आयोजना हेर्नका लागि कार्यालय खोटाङको कुनामा राखेको भन्दै त्यसमा सच्याएर ओखलढुंगा तीनै जिल्लाका लागि पायक पर्ने भएकोले त्यहाँ कार्यालय स्थापना हुनुपर्ने माग गर्नुभयो ।

     

     

     

    राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले एक घर एक धारा र जनसंख्याका आधारमा खानेपानी छुट्याउने कुरा एक आपसमा बाझिएको बताउनु भयो । उहाँले खानेपानीको योजनामा लागतलाई आधार बनाएर काम अघि बढाउँदा राम्रो हुने बताउनु भयो ।

     

    नेपाली काँग्रेसका सांसद बहादुर सिंह लामाले खानेपानी मन्त्रालयको कहिल्यै बिस्तृत योजना नभएको र सबैले गाली गर्न थालेको भन्दै मन्त्रालयको नाम फेरेर पिउने पानी मन्त्रालय राख्न सुझाव दिनुभयो । उहाँले खानेपानीको पाइप र ढलको पाइपहरु कहाँ छ भन्ने कुरा आधिकारिक मान्छेहरुलाई नै थाहा नभएको बताउनु भयो ।

     

    सांसद लामाले सरकार र मन्त्रालयसँग समन्वयकारी कुरा नै नभएको र एक अर्काले आरोप प्रत्यारोप लगाइरहेको बताउनु भयो ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    स्थानीय तहको चुनाव सार्ने काम गरे संविधान नै समाप्त हुन्छ: पूर्वप्रधानन्यायाधीश पराजुली (भिडियो सहित)

    काठमाडौं, माघ १४ गते । पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले स्थानीय तहको निर्वाचन सार्ने काम गरिए संविधानलाई नै समाप्त गर्ने चेतावनी दिनु भएको छ । पूर्वप्रधानन्यायाधीश पराजुलीले स्थानीय तहको निर्वाचन सार्नु...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    चुनढुङ्गा उत्खननकाे विषयमा व्यवसायीविरुद्ध मुद्दा लाग्न सक्छ: अख्तियार (भिडियो सहित)

    काठमाडौं,माघ १४ गते । चुनढुंगा उत्खनन्को विषयमा व्यवसायीहरु विरुद्ध अख्तियारले मुद्वा लगाउन नपाउने सञ्चारमाध्यममा प्रचार भइरहेको बेलामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा लाग्न सक्ने स्पष्ट पारेको छ । अख्तियार...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    कांग्रेसको ३७ सदस्यीय कार्यसम्पादन समिति गठन (भिडियो सहित)

      काठमाडौं, माघ १४ गते । नेपाली कांग्रेसले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ ।   शुक्रवार भर्चुअल रुपमा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ३७ सदस्यीय केन्द्रीइ कार्यसम्पादन...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    विपद्का घटनाहरु प्रति सबै गम्भीर हुनुपर्छ: गृहमन्त्री खाँड (भिडियो सहित)

        काठमाडौं, माघ १४ गते । गृहमन्त्री बालकृष्ण खाँडले विपद्को क्षेत्रमा अझै सचेत र सजगप्रति केन्द्रीकृत भएर लाग्न नसकेको बताउनु भएको छ । शुक्रवार गृहमन्त्रालयमा बसेको राष्ट्रिय विपद् जोखिम...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    गठबन्धनले अघि सारेका विकल्प संविधानसम्मत् छैन: गगन थापा (भिडियो सहित)

    काठमाडौं, माघ १४ गते ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचन संविधानसम्मत् गर्नुपर्ने बताउनुभएको छ । शुक्रवार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    जनकपुर रेल्वे कम्पनीका कर्मचारी आन्दोलित

      काठमाडौं, माघ १४ गते । नेपाल रेल्वे कम्पनीका कर्मचारीहरुले जनकपुर कार्यालयमा तालाबन्दी गरेका छन् । रेल्वे कम्पनी जनकपुरले ज्वालादारीमा काम गर्ने कर्मचारीलाई बिना कारण हटाएर नयाँ कर्मचारी नियुक्त गरेको...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    संसदीय सुनुवाइसम्बन्धी विवरण पुस्तिका तयार पार्न समितिको निर्देशन (भिडियो सहित)

    काठमाडौं, माघ १४ गते । संसदीय सुनुवाई समितिले संसदीय सुनुवाईसम्बन्धि पुस्तिका नै प्रकाशित गर्ने भएको छ । समितिको शुक्रबार सिंहदरवारमा बसेको बैठकले हालसम्म भएका संसदीय सुनुवाईसम्बन्धि व्यवस्था, निर्णय प्रक्रिया...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    संसदीय सुनुवाई समितिलाई प्रस्तावहरु फिर्ता गर्ने अधिकार हुनुपर्छ: जितेन्द्रनारायण देव (भिडियो सहित)

    काठमाडौं, माघ १४ गते । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता जितेन्द्रनारायण देवले संवैधानिक परिषद, न्यायपरिषद वा मन्त्रपरिषदले सुनुवाईका लागि पठाएको व्यक्तिबारे चित्त नबुझे संसदीय सुनुवाई समितिले फिर्ता गर्न...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    संसदीय सुनुवाई समितिको औचित्य छैन: देवप्रसाद गुरुङ (भिडियो सहित)

      काठमाडौं, माघ १४ गते । सत्तारुढ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले संसदीय सुनुवाई समितिको कुनै औचित्य नरहेको बताउनु भएको छ । शुक्रबार सिंहदरवारमा बसेको संसदीय सुनुवाई समितिको...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    लिखित फाइललाई ‘डिजिटलाइजेसन’ गर्न प्रदेश यातायात मन्त्रीको निर्देशन

        कााठमाडौं, माघ १४ गते । वागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा रहेका लिखित फाइलहरुलाई डिजिलाइजेशन गर्न निर्देशन दिनुभएको छ । शुक्रबार काठमाडौंको गुर्जुधारास्थित यातायात कार्यालयको...

    प्रकाशित: बिहिबार, माघ १३ २०७८

    कुष्ठरोग प्रभावितलाई ब्ल्याङ्क्वेट र ज्याकेट वितरण

      काठमाडौं, माघ १३ गते । नेपाल पर्वतारोहण संघले कुष्ठरोगबाट प्रभावित व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको छ । बिहीवार दक्षिणकाली नगरपालिका वडा नं. २ स्थित रहेको नेपाल कुष्ठरोग निवारण संघद्वार...

    प्रकाशित: बिहिबार, माघ १३ २०७८

    विदेशमा अलपत्र बनाउने दलाल र म्यानपावरलाई कारबाही गर्न मार्सल टिम गठन (भिडियो सहित)

    काठमाडौं, माघ १३ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले भिजिट भिसामा विदेश पु-याई नेपाली नागरिकहरुलाई अलपत्र बनाउने बैदेशिक रोजगार ब्याबसायीहरुलाई सरकारले कारबाहि गर्ने बताउनु भएको...

    प्रकाशित: बिहिबार, माघ १३ २०७८

    राष्ट्रिय सभाको बैठक माघ १७ गते

    काठमाडौं, माघ १३ गते । राष्ट्रिय सभाको बैठक यही माघ १७ गते सोमवार दिउँसाे १ बजे बस्ने भएको छ । सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमद्वारा प्रकाशित सूचनामा राष्ट्रिय...

    प्रकाशित: बिहिबार, माघ १३ २०७८
    प्रकाशित: बिहिबार, माघ १३ २०७८

    यातायात कार्यालयमा बिचौलियाको प्रवेश रोक्न मन्त्री दाहालकाे निर्देशन (भिडियो सहित)

      काठमाडौं, माघ १३ गते । वागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा बिचौलियाको प्रवेश रोक्न निर्देशन दिनुभएको छ । बिहीवार ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयको अनुगमन...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    स्थानीय तहको निर्वाचन ६ महिना पछाडि धकेल्न सकिन्छ: संघीय मामिलामन्त्री (भिडियो सहित)

    काठमाडौं, माघ १२ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले स्थानीय तहको निर्वाचन ६ महिना पछि धकेल्न सकिने बताउनुभएको छ । बुधबार काठमाडौंमा एक साक्षात्कार कार्यक्रममा बोल्दै...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    ओमिक्रोनले कोभिड महामारी अन्त्य गराउँछ भन्ने समाचारमा सत्यता छैन: डब्लुएचओ

    काठमाडौं, माघ १२ गते ।  नेपालस्थित विश्व स्वास्थ्य संगठनको कार्यालयले ओमिक्रोन भाइरसले कोभिड महामारी अन्त्य गराउँछ भन्ने समाचारमा कुनै सत्यता नभएको बताएको छ । केहि दिन अघि नेपाली मिडियामा...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    आज भन्सारको इतिहासमा सुनौलो दिन: नारायणप्रसाद सापकोटा (भिडियो सहित)

      काठमाडौं, माघ १२ गते । भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले भन्सारको इतिहासमा पुरानो परम्परागत प्रणलीबाट डिजिटल भुक्तानी शुरुवात भएकाले सुनौलो दिन भएको बताउनु भयो । ७० औँ भन्सार दिवसको...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    भन्सारमा अनलाइन पेमेन्ट प्रणाली सुरु

      काठमाडौं, माघ १२ गते । अर्थसचिव मधुकुमार मरासीनीले भन्सार कार्यालयहरुमा डिजिटल भुक्तानीको शुरुवात भन्सार सम्बन्धि महत्वपूर्ण माइल स्टोन भएको बताउनु भयो । ७० औँ भन्सार दिवसको अवसरमा उहाँले अनलाइन...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    भन्सारलाई अब स्वचालित प्रणालीमा विकास गरिने (भिडियो सहित)

    काठमाडौं, माघ १२ गते ।  भन्सारमा नयाँ–नयाँ प्रविधिको प्रयोग गर्दै आगामी दिनमा भन्सारलाई सरकारले स्वचालित प्रणालीमा विकास गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले ७० औँ भन्सार दिवसको अवसरमा...