गैरजिम्मेवार प्रस्तुति दिने खानेपानी आयोजना प्रमुखलाई विकास समिति सभापति खड्काले हप्काउनुभयो

  • News Agency Nepal

    शुक्रबार, पुष ३० २०७८
  • गैरजिम्मेवार प्रस्तुति दिने खानेपानी आयोजना प्रमुखलाई विकास समिति सभापति खड्काले हप्काउनुभयो

    काठमाडौं, पुष २९ गते ।  खानेपानी व्यवस्थापन र वितरणको जिम्मेवारी पाएका खानेपानी योजनाका प्रमुखहरु गैरजिम्मेवार भएर संसद्को विकास तथा प्रविधि समितिमा प्रस्तुत हुँदा सभापतिको खप्की खानु परेको छ ।  शुक्रबार प्रतिनिधि सभा अन्र्तरगतको विकास तथा प्रविधि समितिको बैंठकमा खानेपानी मन्त्री, सचिव र मन्त्रालय अन्र्तगतका आयोजना प्रमुखहरुलाई बोलाएको थियो । छलफलमा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक तिरेश खत्री,मेलम्ची खानेपानी आयोजना विकास समिति कार्यकारी निर्देशक बासुदेव पौडेल, खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय निर्र्देशक कमलराज श्रेष्ठ, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड प्रमुख संजिव विक्रम राणा र काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख मिलन शाक्यले समिति बैठकमा खानेपानीमा भएका समस्या, चुनौती वा कुनै आगामी योजनाका विषयमा कुरा नराखेपछि समिति सभापतिले हप्काउनुभएको थियो । उहाँहरुसँग समितिले अहिले भइरहेका आयोजनाको वर्तमान अवस्था र आगामी दिनमा सरकारले खानेपानी क्षेत्रमा गर्नु पर्ने विषयमा छलफल गर्न बोलाएको थियो । अझ उपत्यका खानेपानी लिमिटेड र ढल व्यवस्थापन अन्य विभाग भन्दा पनि मेलम्ची खानेपानी आयोजनाले आगामी दिन कसरी अगाडि बढ्दै छ र सरकारले के गर्नु पर्छ भन्ने विषय महत्वका साथ उठ्ने समितिले अपेक्षा गरेको भन्दै पूर्वसूचना गरे पनि पदाधिकारीहरु त्यसै बैठकमा उपस्थित भएका थिए ।

     

    खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक तिरेश खत्रीले विभाग अन्र्तगत १० वटा शाखा रहेको बताउनु भयो । उहाँले विभागले सहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम गर्दै आएको बताउनुभयो । खत्रीले भन्नुभयो,‘ यो विभाग अन्र्तगत १० वटा शाखा रहेका छन्। जसमा २ वटा महाशाखा र ८ वटा शाखा रहेका छन । त्यहीबाट सहरी खानेपानी तथा सरसफाइ आयोजनाका काम गरिहेका छौं । एसियाली विकास बैंकको सहयोगमा सञ्चालन गरेका आयोजनाहरुलाई कार्यन्वयन गर्ने काम गरेको छ । विभागले केन्द्रिय स्तरका आयोजनामा निर्माणको काम गर्दै आएको छ। अहिलेसम्म केन्द्रिय स्तरका २४ आयोजनामा 12 निर्माण भइसकेका छन्।’

    तिरेश खत्री महानिर्देशक, खानेपानी तथा ढल व्यवस्थापन विभाग मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक बासुदेव पौडेलले मेलम्चीको भौतिक प्रगति ९५ प्रतिशत भएको बताउनु भयो । उहाँ मेलम्चीको पानी काठमाडौंमा ल्याएर ती महिना परिक्षण समेत गरेको बताउनुभयो । पौडेलले भन्नुभयो,‘मेलम्ची खानेपानी गत आर्थिक वर्षमा सुरुङ र टनेलको काम ९५.५ प्रतिशत काम सम्पन्न गरेर तीन महिना काठमाडौं उपत्यकामा पानी पठाएका थियौं । मेलम्ची हेड बक्सको ९५प्रतिशत काम सकिएको थियो। काठमाडौंमा मेलम्चीको पानी ल्याएर परिक्षण समेत सकिएको थियो । सामाजिक उत्थान कार्यक्रम भनेर सिन्धुपाल्चोक जिल्लाका साविकका ३० गाविस र काभ्रे जिल्लाका ५ गाविस गरी ३५ गाविसमा मेलम्ची खानेपानी आयोजनाले आर्थिक आयआर्जन र रोजगारीका कार्यक्रमहरु गदै आएको छ। मेलम्ची खानेपानी आयोजनाले मुआब्जा परक्षपन गरेको ९२ करोड १० लाख मध्येमा अहिलेसम्म ८४ करोड ५६ लाख वितरण गरिएको छ । गत असार १ गते मेलम्चीमा आएको बाढीको कारण २७ किलो सडक ८ किलोमिटर सडक पूर्णरुपमा क्षति भएको छ ।’

     

    त्यस्तै काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड प्रमुख संजिव विक्रम राणाल बोर्डले उपत्यका खानेपानीमा रहेको सम्पत्ती सुरक्षाको काम गर्दै आएको बताउनुभयो । उहाँलेभन्नुभयो,‘हामीले काठमाडौं उपत्यकाको खानेपानी निर्माणको लागि रहेका सम्पत्तिको सुरक्षा गर्दै आएको छ। बोर्ड साना खानेपानी आयोजनाको काम गदै आएको छ। काठमाडौं उपत्यकाका खानेपानी व्यवस्थापन सहयोग गर्दै आएको छ।’

    त्यस्तै काठमाडौै उपत्यका खानेपानी लिमिटेडका प्रमुख मिलन शाक्यले उपभोक्तालाई गुणस्तरिय र सर्वसुलव पानी दिने काम गर्दै आएको बताउनुभयो । उहाँले पछिल्लो समय काठमाडौं उपत्यकामा उपभोक्ताको माग अनुसार सबै जानकारी सामाजिक सञ्चाल मार्फत दिने गरेको बताउनुभयो । शाक्यले भन्नुभयो,‘उपभोक्तालाई गुणस्तरिय र सर्वसुलव पानी दिने काम गर्दै आएको छ। अहिले मेलम्ची खानेपानी आएपछि पुराना बिग्रिएर पाइप लाइन मर्मत गर्ने काम भएको छ। चुहावट रोक्ने काम पनि निरन्तर रुपमा गरिहेका छौं । त्यस्तै अन्य खानेपानी वितरणमा देखिएका समस्या समाधान गर्दै खानेपानी वितरणको जानकारी दिने काम गरिएको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा उपभोक्ताको माग अनुसार सबै जानकारी सामाजिक सञ्चाल मार्फत दिने गरेका छौं ।’

    बैठकमा विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्काले बैठकमा यस अगाडि नै प्रस्तुत भएको विषय प्रस्तुत भएको भन्दै असन्तुष्टि जनाउनुभयो । उहाँले मेलम्ची खानेपानी आयोजनाको विषयमा यस अगाडि नै जानकारी गराएको पुरानै विषय वस्तु भएको बताउनुभयो । खड्काले समग्र खानेपानी क्षेत्रमा अहिले भएका र आगामी दिनमा सरकारले गर्नु पर्ने विषयमा जानकारी दिनु पर्नेमा त्यस्तो नभएको बताउनु भयो। समिति सभापति खड्काले भन्नुभयो,‘ पहिला नै प्रस्तुत भएको विषय प्रस्तुत भयो । समितिले यस्तो जानकारी चाहेको होइन । मेलम्ची खानेपानी आयोजनाको विषयमा यस अगाडि नै जानकारी गराएको पुरानै विषय वस्तु आयो । असारको बाढीले पु¥याएको क्षतिको विषयमा जानकारी दिनुपर्ने जरुरी थिएन । हामीले आज नै मन्त्रीपरिषद्मा खानेपानीको विषयमा पेश गर्न तयारीमा छौं । हामीले खानेपानीको लागि के गर्नु पर्ने एक दुई वटा विषय फाइनल गर्नु पर्ने भए पनि केही पनि आएन । समग्र खानेपानी क्षेत्रमा अहिले भएका र आगामी दिनमा सरकारले गर्नु पर्ने विषयमा जानकारी दिनु पर्नेमा त्यस्तो भएन। मन्त्रालय आफैले गर्नु पर्ने विषय हो ।’

     


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    स्थानीय तहको चुनाव सार्ने काम गरे संविधान नै समाप्त हुन्छ: पूर्वप्रधानन्यायाधीश पराजुली (भिडियो सहित)

    काठमाडौं, माघ १४ गते । पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले स्थानीय तहको निर्वाचन सार्ने काम गरिए संविधानलाई नै समाप्त गर्ने चेतावनी दिनु भएको छ । पूर्वप्रधानन्यायाधीश पराजुलीले स्थानीय तहको निर्वाचन सार्नु...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    चुनढुङ्गा उत्खननकाे विषयमा व्यवसायीविरुद्ध मुद्दा लाग्न सक्छ: अख्तियार (भिडियो सहित)

    काठमाडौं,माघ १४ गते । चुनढुंगा उत्खनन्को विषयमा व्यवसायीहरु विरुद्ध अख्तियारले मुद्वा लगाउन नपाउने सञ्चारमाध्यममा प्रचार भइरहेको बेलामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा लाग्न सक्ने स्पष्ट पारेको छ । अख्तियार...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    कांग्रेसको ३७ सदस्यीय कार्यसम्पादन समिति गठन (भिडियो सहित)

      काठमाडौं, माघ १४ गते । नेपाली कांग्रेसले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ ।   शुक्रवार भर्चुअल रुपमा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ३७ सदस्यीय केन्द्रीइ कार्यसम्पादन...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    विपद्का घटनाहरु प्रति सबै गम्भीर हुनुपर्छ: गृहमन्त्री खाँड (भिडियो सहित)

        काठमाडौं, माघ १४ गते । गृहमन्त्री बालकृष्ण खाँडले विपद्को क्षेत्रमा अझै सचेत र सजगप्रति केन्द्रीकृत भएर लाग्न नसकेको बताउनु भएको छ । शुक्रवार गृहमन्त्रालयमा बसेको राष्ट्रिय विपद् जोखिम...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    गठबन्धनले अघि सारेका विकल्प संविधानसम्मत् छैन: गगन थापा (भिडियो सहित)

    काठमाडौं, माघ १४ गते ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचन संविधानसम्मत् गर्नुपर्ने बताउनुभएको छ । शुक्रवार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    जनकपुर रेल्वे कम्पनीका कर्मचारी आन्दोलित

      काठमाडौं, माघ १४ गते । नेपाल रेल्वे कम्पनीका कर्मचारीहरुले जनकपुर कार्यालयमा तालाबन्दी गरेका छन् । रेल्वे कम्पनी जनकपुरले ज्वालादारीमा काम गर्ने कर्मचारीलाई बिना कारण हटाएर नयाँ कर्मचारी नियुक्त गरेको...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    संसदीय सुनुवाइसम्बन्धी विवरण पुस्तिका तयार पार्न समितिको निर्देशन (भिडियो सहित)

    काठमाडौं, माघ १४ गते । संसदीय सुनुवाई समितिले संसदीय सुनुवाईसम्बन्धि पुस्तिका नै प्रकाशित गर्ने भएको छ । समितिको शुक्रबार सिंहदरवारमा बसेको बैठकले हालसम्म भएका संसदीय सुनुवाईसम्बन्धि व्यवस्था, निर्णय प्रक्रिया...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    संसदीय सुनुवाई समितिलाई प्रस्तावहरु फिर्ता गर्ने अधिकार हुनुपर्छ: जितेन्द्रनारायण देव (भिडियो सहित)

    काठमाडौं, माघ १४ गते । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता जितेन्द्रनारायण देवले संवैधानिक परिषद, न्यायपरिषद वा मन्त्रपरिषदले सुनुवाईका लागि पठाएको व्यक्तिबारे चित्त नबुझे संसदीय सुनुवाई समितिले फिर्ता गर्न...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    संसदीय सुनुवाई समितिको औचित्य छैन: देवप्रसाद गुरुङ (भिडियो सहित)

      काठमाडौं, माघ १४ गते । सत्तारुढ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले संसदीय सुनुवाई समितिको कुनै औचित्य नरहेको बताउनु भएको छ । शुक्रबार सिंहदरवारमा बसेको संसदीय सुनुवाई समितिको...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    लिखित फाइललाई ‘डिजिटलाइजेसन’ गर्न प्रदेश यातायात मन्त्रीको निर्देशन

        कााठमाडौं, माघ १४ गते । वागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा रहेका लिखित फाइलहरुलाई डिजिलाइजेशन गर्न निर्देशन दिनुभएको छ । शुक्रबार काठमाडौंको गुर्जुधारास्थित यातायात कार्यालयको...

    प्रकाशित: बिहिबार, माघ १३ २०७८

    कुष्ठरोग प्रभावितलाई ब्ल्याङ्क्वेट र ज्याकेट वितरण

      काठमाडौं, माघ १३ गते । नेपाल पर्वतारोहण संघले कुष्ठरोगबाट प्रभावित व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको छ । बिहीवार दक्षिणकाली नगरपालिका वडा नं. २ स्थित रहेको नेपाल कुष्ठरोग निवारण संघद्वार...

    प्रकाशित: बिहिबार, माघ १३ २०७८

    विदेशमा अलपत्र बनाउने दलाल र म्यानपावरलाई कारबाही गर्न मार्सल टिम गठन (भिडियो सहित)

    काठमाडौं, माघ १३ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले भिजिट भिसामा विदेश पु-याई नेपाली नागरिकहरुलाई अलपत्र बनाउने बैदेशिक रोजगार ब्याबसायीहरुलाई सरकारले कारबाहि गर्ने बताउनु भएको...

    प्रकाशित: बिहिबार, माघ १३ २०७८

    राष्ट्रिय सभाको बैठक माघ १७ गते

    काठमाडौं, माघ १३ गते । राष्ट्रिय सभाको बैठक यही माघ १७ गते सोमवार दिउँसाे १ बजे बस्ने भएको छ । सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमद्वारा प्रकाशित सूचनामा राष्ट्रिय...

    प्रकाशित: बिहिबार, माघ १३ २०७८
    प्रकाशित: बिहिबार, माघ १३ २०७८

    यातायात कार्यालयमा बिचौलियाको प्रवेश रोक्न मन्त्री दाहालकाे निर्देशन (भिडियो सहित)

      काठमाडौं, माघ १३ गते । वागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा बिचौलियाको प्रवेश रोक्न निर्देशन दिनुभएको छ । बिहीवार ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयको अनुगमन...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    स्थानीय तहको निर्वाचन ६ महिना पछाडि धकेल्न सकिन्छ: संघीय मामिलामन्त्री (भिडियो सहित)

    काठमाडौं, माघ १२ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले स्थानीय तहको निर्वाचन ६ महिना पछि धकेल्न सकिने बताउनुभएको छ । बुधबार काठमाडौंमा एक साक्षात्कार कार्यक्रममा बोल्दै...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    ओमिक्रोनले कोभिड महामारी अन्त्य गराउँछ भन्ने समाचारमा सत्यता छैन: डब्लुएचओ

    काठमाडौं, माघ १२ गते ।  नेपालस्थित विश्व स्वास्थ्य संगठनको कार्यालयले ओमिक्रोन भाइरसले कोभिड महामारी अन्त्य गराउँछ भन्ने समाचारमा कुनै सत्यता नभएको बताएको छ । केहि दिन अघि नेपाली मिडियामा...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    आज भन्सारको इतिहासमा सुनौलो दिन: नारायणप्रसाद सापकोटा (भिडियो सहित)

      काठमाडौं, माघ १२ गते । भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले भन्सारको इतिहासमा पुरानो परम्परागत प्रणलीबाट डिजिटल भुक्तानी शुरुवात भएकाले सुनौलो दिन भएको बताउनु भयो । ७० औँ भन्सार दिवसको...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    भन्सारमा अनलाइन पेमेन्ट प्रणाली सुरु

      काठमाडौं, माघ १२ गते । अर्थसचिव मधुकुमार मरासीनीले भन्सार कार्यालयहरुमा डिजिटल भुक्तानीको शुरुवात भन्सार सम्बन्धि महत्वपूर्ण माइल स्टोन भएको बताउनु भयो । ७० औँ भन्सार दिवसको अवसरमा उहाँले अनलाइन...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    भन्सारलाई अब स्वचालित प्रणालीमा विकास गरिने (भिडियो सहित)

    काठमाडौं, माघ १२ गते ।  भन्सारमा नयाँ–नयाँ प्रविधिको प्रयोग गर्दै आगामी दिनमा भन्सारलाई सरकारले स्वचालित प्रणालीमा विकास गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले ७० औँ भन्सार दिवसको अवसरमा...