काठमाडौं: बलिउडकी चर्चित नायिका कटरीना कैफलाई कोरोना संक्रमण पुष्टि भएको छ । नायिका कैफले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् आफू कोरोना संक्रमण भएको जानकारी दिएकी हुन् ।मुम्बइमा कोरोना संक्रमणदर दिनप्रतिदिन बढ्दै गइरहेको छ । विगत केही दिनमै बलिउडका कलाकारहरुलाई कोरोना संक्रमण हुनेक्रम बढ्दो छ ।