काठमाडौंः अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले प्राथमिक सेयर निष्कासनका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ। कम्पनीले कुल ३३ लाख ७ हजार ५ सय कित्ता सेयर सर्वसाधारण र स्थानीयका लागि निष्कासन गर्नेछ। कम्पनीको सेयर बिक्री प्रवन्धकका रुपमा एनएमबि क्यापिटल रहेको छ। कम्पनीले कुल २३.५ मेगावाट क्षमताको आयोजना बनाउँदैछ।