पोखरा: संकटा क्लब यहाँ जारी प्रतिष्ठित १९औं आहा रारा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।पोखरा रंगशालामा बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई शुन्यका विरुद्ध २ गोलले हराउँदै संकटा उपाधि नजिक पुगेको हो