• नाटक:- “महर्षि वेदव्यास” का पात्रहरू।
    १) पराशर ऋषि:-
    २) माझी-(मत्स्यगन्धाको बाबु)
    ३) माझीकी श्रीमती।
    ४) मत्स्यगन्धा:-
    ५) वेदव्यास:-
    ६) चेदी देशका राजा:-
    ७) चेदी देशकी रानी:-
    ८) सिपाहीहरू:-

    दृश्य:-(१)
    ( मनोरम हरियाली वातावरण र वरपर नदीको सुसाहट छ! कलकल पानी बगेको आवाज, चराचुरुङ्गीको चिरबिर चिरबिर आवाज, पृष्ठभूमिमा माहिन्द्री नदी परसम्म फैलिएको नदीको तट । नदी किनारमा बाबियाको डोरीले बाँधिएको डुङ्गा देखिन्छ सायद डुङ्गामा  छिद्र परेको हुनुपर्छ । डुङ्गामा युवती देख्न सकिन्छ । सायद डुङ्गाको छिद्रबाट पसेको  पानी आफ्नो अँजुलीले उबाउँदै डुङ्गाबाहिर फ्याँक्दै छिन् ति युवतीले । नदी किनार किनारै भएर नदी तर्न आएका बटुवा योगीको भेषमा देखिन्छन्। लामो दाह्री, लट्टा परेको कपाल हातमा कमण्डलु भिरेका पुरुष  डुङ्गामा पानी उबाउँदै फ्याँक्दै गरेकी युवतीनजिकै जान्छन् ।)

    बटुवा /योगी:- हे रूपवती सुन्दरी! रित्तो डुङ्गामा बसेर अँजुलीले पानी उबाउँदै छौ । यो डुङ्गाको माझी कता गएछ? माहिन्द्री नदी पार गरेर कुटिमा जान मलाई हतारो थियो ।
    (योगी एकदुई पाइला दायाँबायाँ बढाउँछन् परसम्म नजर घुमाउँछन् तर कतै कोही नदेखे पछि पुनः तिनै सुन्दरी युवतीलाई घोरिएर नियाल्छन् । )

    युवती:-(अँजुलीले  पानी फ्याँक्दै गर्छिन्) हजुरलाई नदी पार गर्नु छ भने आउनुहोस् महोदय! म हजुरलाई नदी पार गराइदिन्छु । आज मेरो काम नै यात्रुहरूलाई डुङ्गामा वारपार गराउने हो । मेरा पिताजीको कार्यव्यस्तताका कारण यात्रीहरूको सेवासुविधाका लागि डुङ्गा खियाउने कार्य केही दिनदेखि मैले नै सम्हालेकी छु महोदय!थप नाटक