राष्ट्रिय सभा सदस्य चयनका लागि कुवेतका मतदाताले बिहीवारदेखि मतदान शुरु गरेका छन् । शेख मिशाल अल–अहमद अल–जाबेर अल–सबाहले देशमा सत्ता सम्हालेपछि यो पहिलो संसदीय चुनाव हो । लगभग ८ लाख ४४ हजार योग्य मतदाताहरूले २ सय उम्मेद्वारमध्ये ५० प्रतिनिधिहरू चयन गर्नेछन् ।