उत्तरी पाकिस्तानको गिलगिट–बाल्टिस्तान (जीबी) क्षेत्रको दियामिर जिल्लामा शुक्रवार यात्रुबाहक बस खोलामा खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । जिबी मुख्यमन्त्रीका प्रवक्ता फैजुल्लाह फाराकले दुर्घटनाग्रस्त बस यशु खेल दास क्षेत्रमा मोड लिने क्रममा खोलामा खसेको हो ।