अफ्रिकी नेताहरूले विश्वव्यापी वित्तीय संरचनामा सुधारको लागि आह्वान गरेका छन् । महाद्वीपको अस्थिर ऋण र जलवायु कमजोरीहरूको लागि अझ बढी उत्तरदायी हुनुपर्ने आवश्यकतामा उनीहरुले जोड दिए । केन्याको नैरोबीमा भएको बैठकमा नेताहरूले अफ्रिकी देशहरू उच्च वित्तीय ब्याजदर, जलवायुको असर र सरकारी राजश्वमा सिमिततासँग संघर्ष गरिरहेकाले परिवर्तनको आवश्यकता रहेको बताए ।