परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मन्त्रालय सम्हालेको सय दिन सफलतापूर्वक सम्पन्न भएको दाबी गर्नुभएको छ । प्रधानमन्त्रीसँग कार्य सम्पादन सम्झौता गर्दा सय दिनको लागि तोकिएको सबै काम सम्पन्न गरेको बताउनु भयो । उहाँले नेपालको परराष्ट्र मन्त्रालयलाई चाहिने साधन,स्रोत कमी रहेको महशुस गरेको बताउनु भयो ।