संघीय निजामती विधेयकलाई संसदको यही अधिवेशनभित्र टुंग्याउनुपर्छः सांसदहरु

माघ ३०, २०८१ बुधबार
संघीय निजामती विधेयकलाई संसदको यही अधिवेशनभित्र टुंग्याउनुपर्छः सांसदहरु

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई संसदको यही अधिवेशभित्र टुंग्याउनुपर्ने सांसदहरुले बताएका छन् । बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । कानून निर्माणमा ढिलाई हुँदा व्यवस्था र सांसदको योग्यतामाथि नै प्रश्न उठ्न थालेको उनीहरुको भनाइ छ । बैठकमा बोल्दै नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विधेयक टुंग्याउनका लागि छलफलको माध्यमबाट एउटा विधि बनाउन जरुरी रहेको बताउनु भयो । उहाँले विधेयक निर्माणका क्रममा आउने विवाद र फरक दृष्टिकोणको सम्बोधनका लागि साझा दृष्टिकोण बनाउन जरुरी रहेको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images