पेरिस ओलम्पिकका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली अहिले बन्द प्रशिक्षण रहेर तयारी गरिरहेको छ । प्रारम्भिक टोली अहिले अभ्यासमा व्यस्त रहँदा नेपालको लक्ष्य बलियो प्रतिद्वन्द्वी बिरुद्ध सुखद नतिजा निकाल्ने रहेको छ । नेपाली टोलीकी कप्तान एञ्जिला तुम्बापो सुब्बाले तयारी राम्रो रहेको बताएकी छिन् ।