सत्तारुढ दल नेपाली काँग्रेसले बाहिरबाट परिवर्तन आउने कुरा सम्भव नरहेको बताएको छ । आईतवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले भारततिर संकेत गर्दै बाहिरबाट परिवर्तन आउने कुरा सम्भव नरहेको बताउनुभएको हो । भारतले राजावादीहरुलाई उक्साएर अहिले प्रदर्शन भइरहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतलाई देखाइदिने भन्नुभएको छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले नेपालको विषय नेपाली जनताबाट निर्णय हुने बताउनु भयो । फागुन ७ गतेपछि राजावादीहरुले राजतन्त्रको माग गर्दै आन्दोलन गर्दै आएका छन् ।