देशमा केही हुन सक्दैन भन्ने भाष्य अब भाषण गरेर मात्र चिर्न सकिँदैनः मन्त्री भण्डारी

चैत्र १२, २०८१ मंगलबार
देशमा केही हुन सक्दैन भन्ने भाष्य अब भाषण गरेर मात्र चिर्न सकिँदैनः मन्त्री भण्डारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मुलुकमा विकसित युवा पलायनबारे नकारात्मक भाष्यलाई भाषण गरेर मात्र चिर्न नसकिने बताउनुभएको छ ।मंगलवार काठमाडौं टेक्निकल स्कुलको उद्घाटन समारोहलाई सम्बोधन गर्दैै मन्त्री भण्डारीले भाषण गरेर मात्रै मुलुकमा केही हुन सक्दैन भन्ने भाष्य चिर्न नसकिने बताउनुभएको हो । उहाँले मुलुकमा निर्माण भएको गलत भाष्यलाई चिर्न यसपछाडिको यथार्थलाई सुक्ष्म ढंगले अध्ययन गरेर रणनीति बनाउन जरुरी रहेको बताउनु भयो । मुलुकमा उत्पन्न असन्तुष्टि र नैराश्यतालाई बदल्ने जिम्मेवारी र दायित्व वर्तमान सरकारले लिएको समेत मन्त्री भण्डारीको दाबी छ । उहाँले नेपालबाट वैदेशिक रोजगारीमा जानेहरु जस्तै फर्किेनेहरु समेत रहेको बताउनु भयो । उहाँले मलेसिया, जापान र कोरिया लगायतका देशमा जानेहरु उतै पलायन हुने अवस्था नरेहको समेत बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images