राजावादीको प्रदर्शनबाट भएको क्षतिको पूर्ण जिम्मेवारी दुर्गा प्रसाईंले लिनुपर्छः गृह मन्त्रालय

चैत्र १५, २०८१ शुक्रबार
राजावादीको प्रदर्शनबाट भएको क्षतिको पूर्ण जिम्मेवारी दुर्गा प्रसाईंले लिनुपर्छः गृह मन्त्रालय

गृह मन्त्रालयले राजावादी आन्दोलन विशुद्ध हिंसा, अमानवीय र लुटपाटको लागि गरिएको आन्दोलन भएको आरोप लगाएको छ । शुक्रवार साँझ गृह मन्त्रालयमा पत्रकार सम्मेलनमा गृह मन्त्रालयका  सहसचिव छवि रिजालले आजको आन्दोलन राजनीतिक उद्देश्यबाट नरहेको कारण अगामि दिनमा सरकार संयमित भएर नबस्ने बताउनु भयो । उहाँले राजावादीको हिंसात्मक आन्दोलनका क्रममा भएको क्षतिको जिम्मेवार व्यवसायी दुर्गा प्रसाईं रहेको बताउनु भयो ।  आन्दोलनको नेतृत्व लिएको कारण घटनाप्रति प्रसाईं जिम्मेवार हुनुपर्ने उहाँको भनाइ छ । उहाँले हिंसात्मक र लुटपातको कार्यमा संलग्न जोसुकै भएपनि कानूनी दायरामा ल्याइने बताउनु भयो । उहाँका अनुसार राजावादीको तीनकुने आन्दोलनमा झडप हुँदा १५ जना सुरक्षाकर्मीसहति ३० जना घाइते भएका छन् । त्यस्तै एक जनाको मृत्यु भएको छ । भौतिक क्षतिको पूर्ण विवरण आइनसकेको र संकलनको कार्य भइरहेको समेत उहाँले बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images