पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लोकतन्त्रमा भएका कमी, कमजोरीलाई लिएर राजतन्त्र फर्काउनुपर्छ भन्नु भोक लाग्यो भनेर विष पान गर्नु सरह भएको टिप्पणी गर्नुभएको छ । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले हिम्मत हारेर र निराश भएर नहुने भन्दै राज्यमा विकृति भए र सत्तामा बस्नेहरुले गल्ती गरे जनताले सच्याउनुपर्ने बताउनु भयो । उहाँले अहिलेको परिस्थितिमा शतर्क हुनु जरुरी रहेको बताउनु भयो । लोकतन्त्रका कमी, कमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्ने बताउनु भयो ।