कानूनको सफल कार्यान्वयन नहुँदा सडक बालबालिकाले बालिग भइसक्दा समेत जन्मदर्ता पाउन सकेनन्ः सांसद राना

चैत्र १९, २०८१ मंगलबार
कानूनको सफल कार्यान्वयन नहुँदा सडक बालबालिकाले बालिग भइसक्दा समेत जन्मदर्ता पाउन सकेनन्ः सांसद राना

नेपाली काँग्रेसकी सांसद सीताकुमारी रानाले कानूनको सफल कार्यान्वयन गर्न नसक्दा सडक बालबालिकाहरु बालिग भइसक्दा समेत जन्मदर्ता पाउन नसकेको बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कानून कार्यान्वयनको अभावका कारण सडक बालबालिकाहर अनागरिक भएर बस्नुपरेको बताउनु भयो । उहाँले राजनीतिक दल र कर्मचारीहरुले समेत दलगत रुपमा हेर्दा नागरिकले दुःख पाउनुपरेको उहाँको भनाइ छ । उहाँले पञ्जीकरण शाखाहरुले दिने सेवा सुविधामा समेत राजनीति प्रवेश गरेर अल्झाइरहेको बताउनु भयो । उहाँले जन्मदर्तासम्बन्धी स्पष्ट कानून हुँदाहुँदै पनि स्थानीय तहका जनप्रतिनिधिहरुमा कानूनी अज्ञानताको कारणले समस्या पाएको बताउनु भयो । सडक बालबालिकालाई समयमै जन्मदर्ता प्रदान गरी उनीहरुको अधिकार र हक सुनिश्चित गर्नुपर्नेमा उहाँको जोड छ

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images