निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमन विधेयक प्राकृतिक श्रोत साधनको बढी प्रयोग गर्ने कुरामा मात्रै केन्द्रित भयोः सांसद पन्त

चैत्र २०, २०८१ बुधबार
निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमन विधेयक प्राकृतिक श्रोत साधनको बढी प्रयोग गर्ने कुरामा मात्रै केन्द्रित भयोः सांसद पन्त

नेकपा एमाले सांसद रघुजी पन्तले निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० लाई छिटो पारित गर्नुपर्नेमा जोड दिनुभएको छ । बुधवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले विधेयकमा बढी व्यवस्थापनको कुरामा मात्रै केन्द्रित भएको र नियमनको कुरा नरहेको बताउनु भयो । उहाँले विधेयकको जोड प्राकृतिक श्रोत साधनको प्रयोग बढी गर्ने विषयमा रहेको र प्रयोगपछि तिनीहरुको पुनःभरण कसरी गर्ने ? भन्नेमा नबोलेको बताउनु भयो । वातावरण संरक्षण, रोडा, ढुंगा उत्खननका बारेमा नबोलिएको जिकिर गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images