चाँगुनारायण नगरपालिकाका उपमेयर रमेश बुढाथोकीले ताथलीमा भइरहेको बालुवा र माटो तस्करीमा अस्पतालको मिलेमतो रहेको दाबी गर्नुभएको छ । बुधबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले काठमाडौ क्यान्सर अस्पताललको मिलेमतोमा बालुवा र माटो तस्करी भइरहेको दाबी गर्नुभएको हो । उहाँले अस्पतालको वरिपरिबाट रातभर माटो र बालुवा अवैध रुपमा उत्खनन हुँदा अस्पतालले कुनै जानकारी नदिएको बताउनु भयो । तस्करी नियन्त्रण गर्ने क्रममा डोजरमा ताल्चा लगाउँदासमेत नक्कली साँचो बनाएर डोजर लैजाने गरेको उहाँको भनाइ छ ।