दक्षिण कोरियाली संसदद्वारा पूर्वकार्यवाहक राष्ट्रपति विरुद्ध महाभियोग प्रश्ताव दर्ता

चैत्र २१, २०८१ बिहीबार
दक्षिण कोरियाली संसदद्वारा पूर्वकार्यवाहक राष्ट्रपति विरुद्ध महाभियोग प्रश्ताव दर्ता

दक्षिण कोरियाको संसदले बुधवार पूर्वकार्यवाहक राष्ट्रपति, आर्थिक मामिला उपप्रधानमन्त्री चोई साङ–मोक विरुद्ध महाभियोग प्रश्ताव दर्ता गरेको छ । कार्यवाहक राष्ट्रपतित्वको समयमा संवैधानिक अदालतको न्यायाधीश नियुक्त गर्न अस्वीकार गरेको भन्दै महाअभियोग प्रश्ताव दर्ता गरिएको हो । चोईको महाभियोग प्रश्ताव राष्ट्रिय सभाको पूर्ण सत्रमा दर्ता गरिएको थियो । राष्ट्रपति युन सुक–योल र प्रधानमन्त्री हान डक–सू दुवैको महाभियोगपछि चोईले मार्च २४ सम्म लगभग तीन महिनासम्म कार्यवाहक राष्ट्रपतिको रूपमा काम गर्नुभएको थियो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images