वन तथा वातावरण मन्त्रालय जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा. महेश्वर ढकालले एनडिसी (राष्ट्रिय निर्धारित योगदान)मा सरकारले लिएका लक्ष्यहरु दातृ निकायबाट प्रभावित हुने गरेको आरोप लगाउनुभएको छ । एनडिसी तेश्रोको नेतृत्व लिएको महाशाखा सम्हालेका ढकाल स्वयम्ले दातृ निकायको प्रभावमा सरकारले लक्ष्यहरुलाई बढी महत्वाकांक्षी बनाउने गरेको गुनासो गर्नुभएको हो । पछिल्लो समय गैरसरकारी संस्था र दातृ निकायहरुको चासो एनडिसी मा धेरै देखिएको उहाँले उल्लेख गर्नुभयो ।