राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत १५ गतेको तीनकुने घटनाबारे सत्यतथ्य र निष्पक्ष छानविन गर्न पूर्वन्यायधीशको अध्यक्षतामा न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरुले बिहीवार सिंहदरबारस्थित कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् । ज्ञापन पत्र बुझउँदै अध्यक्ष लिङदेनले सरकारले दमन गरेको आरोप लगाउँदै दमनमा संलग्न सरकारको एकपक्षीय छानविनले पीडितलाई न्याय दिन नसक्ने उल्लेख गर्नुभयो । निष्पक्ष छानिवनका लागि पनि न्यायिक आयोग गठन गर्न माग गर्नुभयो । भविष्यमा यस्ता घटना हुन नदिनको लागि सरकारले गम्भिर भएर अनुसन्धान गर्र्नुपर्ने उहाँको जोड छ ।