अवरोधका बीच प्रमुख प्रशासकीय अधिकृत गुरागाईं कार्यालय प्रवेश

चैत्र २१, २०८१ बिहीबार
अवरोधका बीच प्रमुख प्रशासकीय अधिकृत गुरागाईं कार्यालय प्रवेश

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईँले कार्यालय पुगेर हाजिर गर्नुभएको छ । उपप्रमुख सुनिता डंगोल तथा महानगरका कर्मचारीहरुको सहयोगमा उहाँले हाजिर गर्नुभएको हो । साढे तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहिन हुँदा महानगरका कर्मचारीहरु तलव पाउनबाट वञ्चित भएका थिए । यसअघि प्रमुख प्रशासकीय अधिकृत गुरागाईं कार्यालय प्रवेश गर्न खोज्दा नगर प्रहरी र कर्मचारीबीच तनाव उत्पन्न भएको थियो । कर्मचारी र जनप्रतिनिधिले घेराउमा राखेर गुरागाईंलाई कार्यकक्षतिर लगेका थिए । प्रमुख बालेन्द्र साहको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृतको कोठामा तालासमेत लागाइएको थियो तर कर्मचारीहरुले ताल फोडेर गुरागाईंलाई हाजिर गराएका हुन् । प्रमुख बालेन्द्र साहले गुरागाईंलाई गत पुस ७ गतेदेखि बिदामा राख्नुभएको थियो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images