प्रधानमन्त्री केपी शर्मा ओलीको थाइलाइन्ड भ्रमणको तेस्रो दिन थाइलाइन्डका र नेपालका व्यवसायीहरुसँग छलफल गर्नुभएको छ । सो क्रममा नेपालमा लगानीका सम्भावना, अवसरकाबारे सहकार्यका विषयमा छलफल भएको छ । नेपालमा लगानीको सम्भावना र अवसरकाबारेमा प्रधामन्त्रीले नेपाल र थाईल्याडका व्यापरीबीच छलफल गर्नुभयो । प्रधानमन्त्रीका आर्थिक सल्लाहाकार डाक्टर युवराज खतिवडाले दुई देशका व्यपारीहरुको छलफलमा लगानीका विविध आयामका विषयमा छलफल भएको बताउनु भयो । उहाँकाअनुसार छलफलका क्रममा लगानीमात्रै नभई भावनात्मक रुपमै सहकार्य गर्न नेपाल तयार रहेको सन्देश थाइका उद्योगी व्यापारीसहित लगानीकर्ताहरुलाई दिनुभयो । निर्माण उद्योग, होटल व्यवसायी, खाद्य प्रशोधन, पर्यटनसँग सम्बन्धित लगानीकर्ताहरु छलफलमा सहभागी हुनुहुन्थ्यो । उहाँहरुले नेपालमा लगानी गर्न आतुर रहेको बताउनुभएको थियो ।