मलुकभर कार्यरत सामाजिक परिचालिकाको श्रेणी र पारिश्रमिकमा एकरुपता कायम गर्न माग

चैत्र २१, २०८१ बिहीबार
मलुकभर कार्यरत सामाजिक परिचालिकाको श्रेणी र पारिश्रमिकमा एकरुपता कायम गर्न माग

सामाजिक परिचालिका केन्द्रिय समन्वय समितिले मलुकभर कार्यरत सामाजिक परिचालिकाको श्रेणी र पारिश्रमिकमा एकरुपता कायम गर्नुपर्ने माग राखेको छ । बिहीवार सिंहदरबारमा बसेको महिला तथा सामाजिक मामिला समितिको बैठकमा केन्द्रिय समन्वय समितिकी संयोजक कविता थापा सोडारीले सो माग राख्नुभएको हो । सामाजिक परिचालिकाहरुले विगत २३ वर्षदेखि आफ्नो उर्जाशील समय समय र शक्ति सरकारको जिम्मेवारमा निकायमा व्यक्तित गरेकोले उनीहरुलाई योगदानबापतको रकम समेत दिनुपर्ने उहाँको माग छ । संयोजक सोडारीले साविकको स्थानीय विकास मन्त्रालयअन्तर्गतका सामाजिक परिचालिकहरुको पाँचौं, छैटौँ र सातौँ वरिष्ठ सामाजिक परिचालक पद श्रेणी गरिएको स्मरण गराउँदै महिला विकास कार्यक्रममा मन्त्रालयको निर्देशिका बमोजिम नियुक्त भएका सामाजिक परिचालकहरुलाई समेत सोही सरह कायम गरि विभेदको अन्त्य गर्नुपर्ने माग राख्नुभयो । उहाँले सेवाबाट वञ्चित गराइएकाहरुलाई बजेटसहितको महिला विकास कार्यक्रम पुनःजागरण अभियानको रुपमा हरेक पालिकाहरुमा काम गर्नेगरी तत्काल सेवामा जोड्न आवश्यक रहेको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images