कानून, न्याय तथा संसदीय मामलामन्त्री अजयकुमार चौरसियाले तीनकुने घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने बताउनुभएको छ । बिहीवार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले लोकतान्त्रिक व्यवस्थामा राजनीतिक पार्टीहरुको विकल्प पार्टीहरु नै भएको बताउनु भयो । संविधान सभामार्फत जनताले हटाएको राजतन्त्रले पुनः संविधान उल्ट्याएर तानाशाही लाद्न खोज्ने प्रवृत्ति देखाउनेहरुसँग सरकारले कुनै किसिमको सम्झौता गर्न नहुने बताउनु भयो । उहाँले राजा चाहने दलहरुले दुई तिहाइ जनमत लिएर संविधान परिवर्तन गरी आफूले चाहेको व्यवस्था कायम गर्न चुनौति दिनुभयो ।