भारतको गुजरातमा लडाकु विमान दुर्घटना हुँदा १ पाइलटको मृत्यु

चैत्र २२, २०८१ शुक्रबार
भारतको गुजरातमा लडाकु विमान दुर्घटना हुँदा १ पाइलटको मृत्यु

भारतको पश्चिमी राज्य गुजरातमा रात्रिकालीन अभियानको क्रममा भारतीय वायुसेनाको जगुआर लडाकु विमान दुर्घटनाग्रस्त हुँदा एक पाइलटको मृत्यु भएको छ । अर्का एक गम्भीर घाइते भएको अधिकारीहरूले बिहीवार बताएका छन् । गुजरातको राजधानी गान्धीनगरबाट लगभग ३३४ किलोमिटर पश्चिममा रहेको जामनगर जिल्लाको सुवर्दा गाउँको खुला मैदानमा बुधवार राति दुर्घटनापछि लडाकु विमानमा आगो लागेको थियो । भारतीय वायुसेनाले दुर्घटनाको अनुसन्धानको आदेश दिएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images