मेहनतबाट नै देश निर्माण हुन्छः सांसद महत

चैत्र २२, २०८१ शुक्रबार
मेहनतबाट नै देश निर्माण हुन्छः सांसद महत

नेपाली काँग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले मेहनतबाट नै देश निर्माण हुने बताउनुभएको छ ।  शुक्रवार काठमाडौंमा नेपाल वित्तीय संस्था कर्मचारी संघको ३५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक वृत्तमा पनि मेहनतको खाँचो रहेको उल्लेख गर्नुभयो । उहाँले सरकारी तथा गैरसरकारी क्षेत्रमा पनि इमान्दारिता र मेहनतको खाँचो रहेको बताउनु भयो । उहाँले सत्तामा रहे पनि वा नरहे पनि नेपाली काँग्रेस सहीलाई सही र गलतलाई गलत भन्ने बताउनु भयो । सजिलो हुँदा अघि बढ्ने र असहज हुँदा पन्छिने नयाँ राजनीतिक दलहरुबाट अधिकारको रक्षा हुन नसक्ने जिकिर गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images