शिक्षकसँग भएको सम्झौताअनुसार शिक्षा विधेयक छिटो आउनुपर्छः काँग्रेस

चैत्र २२, २०८१ शुक्रबार
शिक्षकसँग भएको सम्झौताअनुसार शिक्षा विधेयक छिटो आउनुपर्छः काँग्रेस

सत्तारुढ दल नेपाली काँग्रेसले विद्यालय शिक्षा विधेयक शिक्षक महासंघसँग विगतमा भएका सम्झौताअनुसार छिटो आउनुपर्ने बताएको छ । देशभरका शिक्षकहरुले काठमाडौंमा अहिले विद्यालय शिक्षा विधेयक जारी गर्न माग गर्दै आन्दोलन गरिरहेका छन् । सरकारले संसदको हिउँदे अधिवेशनबाट शिक्षा विधेयक पारित गर्ने भनेपनि पारित नगरी अधिवेशन अन्त्य गरेको छ । शिक्षकहरुको आन्दोलनसँगै नेपाली काँग्रेसले शिक्षक संघ संगठनसँग विगतमा भएका सम्झौताहरु अक्षरशः कार्यान्वयन गर्दै यथाशिघ्र विधेयक पास हुनुपर्ने बताएको छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा नेपाली काँग्रेसका शिक्षा विभाग प्रमुख नैनसिंह महरले शिक्षकहरुसँग सरकारले विगतमा गरेका सम्झौता कार्यान्वयनको ग्यारेन्टी लिनुपर्ने र यथाशिघ्र संसदबाट विधेयक पारित गर्नुपर्ने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images