अब ७ सय ५३ वटै पालिकामा नागरिक आरोग्य सेवाः स्वास्थ्यमन्त्री पौडेल

चैत्र २२, २०८१ शुक्रबार
अब ७ सय ५३ वटै पालिकामा नागरिक आरोग्य सेवाः स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारले नागरिक आरोग्य सेवालाई ७५३ वटै पालिकामा बिस्तार गर्ने बताउनुभएको छ । शुक्रवार राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बुढानीलकण्ठ काठमाडौंको सेवा शुभारम्भ गर्नुहुँदै स्वास्थ्यमन्त्री पौडेलले नागरिक आरोग्य सेवालाई ७५३ वटै पालिकामा बिस्तार गर्ने योजनाअनुसार सरकार अघि बढिरहेको बताउनुभएको हो । उहाँले आयुर्वेद क्षेत्रलाई व्यापक ढंगले विकास गर्ने कोशिस सरकार रहेको बताउनु भयो । उहाँले नागरिक आरोग्य सेवा सबै पालिकामा पु¥याउने गरी आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले आयुर्वेद नेपालको मौलिक प्रणाली हुनुका साथै जीवनपद्धति भएको उल्लेख गर्नुभयो । उहाँले आयुर्वेद नेपालको संस्कृति र सभ्यता भएको बताउँदै नेपाल आयुर्वेद क्षेत्रको हब बन्नुपर्ने बताउनु भयो । मन्त्री पौडेलले आयुर्वेद नेपालबाटै उत्पत्ति भएको हो भन्नेकुरा विश्वलाई बुझाउन सक्नुपर्नेमा जोड दिनुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images