तीनकुने र आसपासका क्षेत्रमा बिरोध प्रदर्शन, सभा गर्न अनुमति नदिन संसदीय समितिको निर्देशन

चैत्र २२, २०८१ शुक्रबार
तीनकुने र आसपासका क्षेत्रमा बिरोध प्रदर्शन, सभा गर्न अनुमति नदिन संसदीय समितिको निर्देशन

संसदीय समितिले काठमाडौंको तीनकुने र आसपासका स्थानमा अब कुनैपनि प्रकारका सभा, बिरोध प्रदर्शन, धर्ना, लगायतका कार्यक्रम गर्न अनुमति नदिन सरकारलाई निर्देशन दिएको छ । शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले तीनकुने र आसपासका स्थानमा अब कुनैपनि प्रकारका सभा, बिरोध प्रदर्शन, धर्ना, लगायतका कार्यक्रम गर्न अनुमति नदिन सरकारलाई निर्देशन दिएको हो । समितिको निर्णय जानकारी गराउँदै समिति सभापति रामहरित खतिवडाले काठमाडौंको तीनकुनेमा गत चैत्र १५ गते शुक्रवारको दिन राजावादीहरुले गरेको बिरोध प्रदर्शन गर्दा भएको घटनाको भत्र्सना गर्ने निर्णय भएको बताउनु भयो । उक्त घटनामा दोषी उपर आवश्यक छानविन गरी कानूनी कारबाही अघि बढाउन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई यो बैठक निर्देशन दिनुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images