चैत २७ गतेदेखि राष्ट्रिय पुरुष रग्बी फिफ्टिन्स

चैत्र २२, २०८१ शुक्रबार
चैत २७ गतेदेखि राष्ट्रिय पुरुष रग्बी फिफ्टिन्स

चैतको तेस्रो सातादेखि ललितपुरमा राष्ट्रिय पुरुष रग्बी फिफ्टिन्स च्याम्पियनसिप हुने भएको छ । नेपाल रग्बी संघको आयोजनामा राष्ट्रिय फिफ्टिन्स च्याम्पियनसिप चैत २७ देखि वैशाख २ गतेसम्म हुन लागेको हो । ललितपुरको च्यासल रंगशालामा चौथो संस्करणको रग्बी फिफ्टिन्स गर्न लागिएको संघले जानकारी दिएको दियो । नेपाल रग्बी संघले शुक्रवार पत्रकार सम्मेलन आयोजना गर्दै विदेशी निर्णायकको सहभागितामा राष्ट्रिय फिफ्टन्स रग्बी प्रतियोगिता गर्ने जानकारी दिएको हो । यस फिफ्टिन्स प्रतियोगितामा राष्ट्रिय स्तरका क्लबहरू तीन विभागीय टोली त्रिभूवन आर्मी क्लव, गोर्खाली रग्बी क्लव, नेपाल पुलिस क्लब, एपिएफ क्लवले चुनौती प्रश्तुत गर्नेछन् । राउन्ड रोबिनको आधारमा खेल सञ्चालन हुने भएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images