शसस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले प्रहरी संगठनहरुलाई साधन श्रोत सम्पन्न बनाउनुपर्नेमा जोड दिनुभएको छ । शुक्रवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले प्रहरी संगठनहरु साधन श्रोत सम्पन्न हुन नसकेको बताउनुभएको हो । उहाँले गृह मन्त्रालयलाई धेरै वर्ष पहिलादेखि प्रहरीलाई साधन श्रोत उपलब्ध गराउन नामहरुको सूचि दिएपनि पूरा हुन नसकेको दाबी गर्नुभयो । उहाँले सुरक्षा राष्ट्रको प्राथमिकतामा पर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले प्रविधि र साधन श्रोत सम्पन्न गर्नका लागि सरकारले बजेट निर्माणको काम भइरहेकाले सबैकुरा समेट्न जरुरी रहेको बताउनु भयो । प्रहरीलाई साधन श्रोत सम्पन्न बनाउन सरकारलाई निर्देशन दिन समिति समक्ष आग्रह गर्नुभयो ।