सरकारले शिक्षकहरुका माग सम्बोधन गर्छ,उहाँहरु छिटै फर्किनुहुनेछः प्रधानमन्त्री ओली

चैत्र २३, २०८१ शनिबार
सरकारले शिक्षकहरुका माग सम्बोधन गर्छ,उहाँहरु छिटै फर्किनुहुनेछः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले शिक्षकहरुका माग सम्बोधन गर्ने प्रतिवद्धता जनाउनुभएको छ । शनिवार थाइल्याण्डको औपचारिक भ्रमण सेकर स्वदेश फर्किनुभएका प्रधानमन्त्री ओलीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा यस्तो बताउनुभएको हो । उहाँले शिक्षकहरु अहिलेको सरकासँग विश्वास गरेर र यो सरकारले आफ्ना आवाज सुन्छ भनेर प्रदर्शनमा आउनुभएको भन्दै धन्यवाद दिनुभयो । उहाँले पहिलाको सरकारमा आन्दोलन नगर्नुको कारण सरकरले जति आन्दोलन गरे पनि नसुन्ने र अहिलेको सरकारले आफूहरुका माग पूरा गर्ने ठानेर प्रदर्शनमा आउनुभएको जिकिर गर्नुभयो । उहाँले सरकार शिक्षकबिरोधी नभएको र शिक्षकहरु पनि सरकार बिरोधी नभएको उल्लेख गर्र्दै मागहरु परस्परमा बसेर छलफलबाट टुंग्याइने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images