भारतीय एम्बुलेन्समा ठूलो परिणाममा अवैध लागुऔषध बरामद, ४ जना पक्राउ

चैत्र २३, २०८१ शनिबार
भारतीय एम्बुलेन्समा ठूलो परिणाममा अवैध लागुऔषध बरामद, ४ जना पक्राउ

नेपाल प्रहरीले भारतीय एम्बुलेन्समा ठूलो परिणाममा अवैध लागुऔषध ट्रामाडोल क्याप्सुल बरामद गरेको छ । शनिवार बिहान १ बजेर ५५ मिनेटको समयमा ललितपुर जिल्लाको कान्ती लोकपथ सडक खण्डमा रहेको प्रहरी चौकी भट्टे डाँडाको चेकपोष्टमा खटिएको प्रहरी टोलीले भारतीय एम्बुलेन्समा ठूलो परिणाममा अवैध लागुऔषध ट्रामाडोल क्याप्सुल बरामद गरेको हो । एक पत्तामा १० क्याप्सुल भएको ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल आइपी ट्रामाडोल लेखिएको ट्रामाडोल क्याप्सुल ५ हजार ४ सय पत्ता, एक पत्तामा १० क्याप्सुल भएको ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल आइपी ५० एमजि ट्रामन लेखिएको ट्रामाडोल क्याप्सुल ४ हजार ८ पत्ता गरी जम्मा ९ हजार ४ सय ८ पत्ता, क्याप्सुल थान ९४ हजार ८० र बिआर ०५ पिए ०४२१ नम्बर भएको भारतीय एम्बुलेन्स एक थान र मोबाइल ३ थान बरामद गरेको पत्रकार सम्मेलनका क्रममा प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images