गाजा पट्टीलाई पश्चिम किनारबाट अलग गरेर प्यालेस्टिनी क्षेत्रहरूको एकतालाई कमजोर पार्ने इजरायली प्रयासलाई इजिप्टले अस्वीकार गरेको छ । विदेशमन्त्री बद्र अब्देलाट्टीले केन्द्रिय समितिका महासचिव जिब्रिल राजौबको नेतृत्वमा रहेको प्यालेस्टिनी फताह आन्दोलनको भ्रमण प्रतिनिधिमण्डलसँग कायरोमा भएको भेटमा अब्देलाट्टीले उक्त टिप्पणी गर्नुभएको हो ।