सगरमाथा बेसक्याम्पमा विलासी सामान प्रयोगमा रोक लगाउँः सरोकारवालाहरु

चैत्र २५, २०८१ सोमबार
सगरमाथा बेसक्याम्पमा विलासी सामान प्रयोगमा रोक लगाउँः सरोकारवालाहरु

सरोकारवालाहरुले सगरमाथा बेसक्याम्पमा प्रयोग गरिने विलासी सामान प्रयोगमा रोक लगाउन सरकारको ध्यानाकर्षण गराएका छन् । सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सरोकारवालाहरुले हिमाल चढ्न जाँदा पनि आरामदायी जीवन बिताउन खोज्ने परिपाटीका कारण हिमालहरु बढी जोखिममा परेको दाबी गरेका हुन् । उनीहरुले बेसक्याम्पमा लग्जरी जीवनशैलीका लागि प्रयोग हुने सामग्री प्रयोगमा रोक लगाउन सरकारलाई सुझाव दिएका छन् । हिमाली पर्यटन व्यवसायी एवं पथप्रदर्शक (गाइड) दावा टासी शेर्पाले हिमाली क्षेत्रमा लग्जरी मेसिनहरुको प्रयोग गर्ने गरिएको उल्लेख गर्दै त्यसबाट उत्पन्न समस्याको दोष जलवायु परिवर्तनलाई दिने गरिएको गुनासो गर्नुभयो । शेर्पाले धेरै मानिसहरु हिमाल अराोहणका लागि जाँदा हिउँ पग्लिएर हिमालले थेग्न नसकेको भनेर गलत प्रचार गरिएको दाबी गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images