नेपाल राष्ट्र बैंकको गभर्नर को हुने अझै टुंगो लागेको छैन । पाँच वर्षको कार्यकाल सकेर महाप्रसाद अधिकारी गभर्नरबाट विदा भएपनि सरकारले अहिलेसम्म गभर्नर नियुक्त गर्न सकेको छैन । राष्ट्र बैंकले ऐनमा सामान्यतः पद रिक्त हुनु एक महिनाअघि नै गभर्नर नियुक्ति गर्नुपर्ने व्यवस्था छ । गत फागुनमा अर्थमन्त्री तथा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलको नेतृत्वमा गभर्नर छनोट समिति महिना दिनअघि नै बनिसकेको छ तर अहिलेसम्म समितिले गभर्नर छान्न सकेको छैन ।