गत असोजको मनसुनजन्य विपद्बाट भएको क्षतिको डिडिए एक महिनाभित्र गरिसक्ने

चैत्र २५, २०८१ सोमबार
गत असोजको मनसुनजन्य विपद्बाट भएको क्षतिको डिडिए एक महिनाभित्र गरिसक्ने

विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्ले गत असोजमा गएको बाढी, पहिरोबाट भएको क्षतिको (डिडिए) एक महिनाभित्र गरिसक्ने निर्णय गरेको छ ।  सोमवार सिंहदरबारमा बसेको परिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बैठकका निर्णय सुनाउँदै राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक इन्जिनियर दिनेशप्रसाद भट्टले बैठकमा गत असोज १०,११ र १२ को जुन मनसुनजन्य विपद्को क्षतिको आँकलन फिल्डमै सिकाउने गरी चैत्र २८ र २९ गते फिल्डमै सिकाउने बताउनु भयो । उहाँले ६ हजार जति घरको क्षतिको विवरण आएको र त्यसको डिडिए एक महिनाभित्रमा सम्पन्न गर्नेगरी टोली परिचालन गर्ने निर्णय भएको बताउनु भयो । त्यसको लागि युएनबाट ६ जना प्राविधिकहरु र १२ जना प्राविधिक स्थानीय तहबाट प्राप्त भएको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images