मन्त्रीपरिषद्ले वैकल्पिक विकास वित्तसँग सम्बन्धित विधेयक पारित गरेको छ । सोमवार साँझ सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले वैकल्पिक विकास वित्तसँग सम्बन्धित विधेयक पारित गरेको हो । मंगलावार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक पूर्वाधार निर्माणमा समेत देश र विदेशको निजी क्षेत्रलाई आकर्षित गर्न सरकारले हालै मात्र वैकल्पिक विकास वित्तसँग सम्बन्धित एउटा विधेयक तयार पारेको बताउनु भयो ।