राप्रपा अध्यक्ष लिङदेनको आरोपः प्रहरी प्रमुख थापा युवा संघको सहअध्यक्ष रहेछन्

चैत्र २६, २०८१ मंगलबार
राप्रपा अध्यक्ष लिङदेनको आरोपः प्रहरी प्रमुख थापा युवा संघको सहअध्यक्ष रहेछन्

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रहरी प्रमुख आईजिपी दीपक थापा सत्तारुढ दल नेकपा एमालेकनो भ्रातृ संगठन युवा संघको सहअध्यक्ष भएको गम्भिर आरोप लगाउनुभएको छ ।  मंगलवार काठमाडौंको बल्खुमा पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले यस्तो आरोप लगाउनुभएको हो । उहाँले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाको जिम्मेवार प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी प्रमुख  रहेको टिप्पणी गर्नुभयो । उहाँले प्रहरीले नै म्याद नाघेको अश्रुग्याँस प्रहार गरेको आरोप समेत लगाउनु भयो । अनि दुर्गा प्रसाईंले ल्याएर हान्यो म्याद गुज्रेको अश्रुग्याँस ? उहाँको प्रश्न थियो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images