इजिप्टका रक्षा तथा सैन्य उत्पादन मन्त्री अब्देल मगिद सकरले मंगलवार तनाव कम गर्न, नागरिक जीवनको रक्षा गर्न र गाजामा प्यालेस्टिनीहरूलाई मानवीय सहायताको प्रवाह सुरक्षित गर्न अन्तर्राष्ट्रिय सहकार्यको महत्वमा जोड दिनुभएको छ । सैन्य प्रवक्ताको एक विज्ञप्तिअनुसार सकरले भ्रमणमा रहनुभएका फ्रान्सेली सशस्त्र बल मन्त्री सेबास्टियन लेकोर्नुसँगको भेटमा यी टिप्पणीहरू गर्नुभएको हो ।