राष्ट्रिय फिफ्टिन्स रग्बीमा गोर्खालीको उत्कृष्ट पुनरामगन

चैत्र २७, २०८१ बुधबार
राष्ट्रिय फिफ्टिन्स रग्बीमा गोर्खालीको उत्कृष्ट पुनरामगन

खेल सकिन १५ मिनेटमा बाँकी छँदा फराकिलो अन्तरले पछि परेको स्थिति उल्टाउँदै साविक विजेता गोर्खाली रग्बी क्लवले राष्ट्रिय फिफ्टिन्स रग्बी च्याम्पियनसिपमा विजयी शुरुवात गरेको छ ।  च्यासल रंगशालामा बुधवार सम्पन्न उद्घाटन खेल सकिन १५ मिनेट बाँकी छँदा गोर्खाली रग्बी क्लव विभागीय टोली एपिएफसँग १२–० ले पछि परेको थियो । तर अनुभवी खेलाडीले भरिएको गोर्खालीले उत्कृष्ट गर्दै जित पनि निकाल्यो । उक्त खेलमा गोर्खालीले १४–१२ ले जित निकाल्यो । यद्यपि, खेलको अन्त्यतिर विवादित बन्न पुग्यो । गोर्खालीले अग्रता लिएसँगै विभागीय टोली एपिएफ क्लवका खेलाडीले रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै मैदान छाडेका थिए । यससँगै करिब १५ मिनेट रोकिन पुग्यो । लगातार आग्रहपछि पनि एपिएफका खेलाडीले मैदान प्रवेश गर्न मानेनन् । यससँगै गोर्खाली क्लबलाई विजेता घोषणा गरिएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images