उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी उत्पादनको प्रवद्र्धन आत्मनिर्भर अर्थतन्त्रको मेरुदण्ड भएको बताउनुभएको छ । बुधवार काठमाडौंमा आयोजित नेपाल चेम्बर अफ कमर्शको ७४ औँ वार्षिक साधारण सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्वदेशी उत्पादनको प्रवद्र्धनका लागि सरकारले ‘नेपाली वस्तु, नेपालीको रोजाइ’ भन्ने नारालाई राष्ट्रिय अभियानको रुपमा अघि सारेको बताउनु भयो । उहाँले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग, प्रवद्र्धन, आयात व्यवस्थापन तथा रोजगारीको सिर्जना गर्न निर्देशिका जारी गरेको बताउनु भयो ।