मध्यपुर ठिमी नगरपालिकाको आयोजनामा मध्यपुरको भुलाङ्खेलमा धिमेबाजा प्रतियोगिताको आयोजना भएको छ । प्रतियोगितामा उपत्यकाका २२ वटा धिमे खलको सहभागिता रहेको छ । कला र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तालाई विभिन्न बाजाहरूको पुस्तान्तरण गर्नको लागि यस्तो खालको प्रतियोगिताहरु आयोजना गरेको मोटीपुर ठिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनु भयो । प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार द्वितीय हुने टिमलाई २५ हजार तृतीय हुनेलाई १५ सान्त्वनाले १० हजार पुरस्कार साथै ट्रफी हात पार्नेछ । —न्युज एजेन्सी नेपाल