ललितपुर शिर्ष स्थानमा उक्लियो, एफसी चितवनको पहिलो हार

चैत्र २८, २०८१ बिहीबार
ललितपुर शिर्ष स्थानमा उक्लियो, एफसी चितवनको पहिलो हार

ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसल) को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ ।  दशरथ रंगशालामा बिहीवार भएको चौथो खेलमा ललितपुरले एफसी चितवनलाई २–१ ले हराउँदै दोस्रो जित निकालेको हो । ललितपुरका इमोह इजिइल र मणिकुमार लामाले गोल गरे । एफसी चितवनका भिक्टोर मानसारेले एक गोल गरे । जितपछि ललितपुरले एफसी चितवनलाई नै पछि पार्दै शिर्ष स्थानमा उक्लिएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images