नयाँ वर्षको अवसरमा नगरकोटमा ‘नगरकोट भ्रमण वर्ष–२०८२’ हुने भएको छ । शुक्रवार नगरकोटमा पत्रकार सम्मेलन गर्दै भक्तपुरको चाँगुनारायण, काठमाडौंको शंखरापुर, काभ्रेपलाञ्चोकको मण्डनदेउपुर र बनेपा नगरपालिकाले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन् । नगरकोट भमण वर्षको शुभारम्भ राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्षको दिन (वैशाख १) मा गर्नुहुनेछ । भ्रमण वर्षको अवसरमा २ र ३ गतेपनि कार्यक्रम सञ्चालन हुनेछ । नगरकोट क्षेत्रको प्रकृति, संस्कृति र इतिहासलाई थप प्रचारप्रसार गर्ने उद्देश्यले नगरकोट नाल्दुम पर्यटन विकास समितिको समन्वय तथा सहकार्यमा भ्रमण वर्ष हुन लागेको मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबाले बताउनु भयो ।