तेस्रो संस्करणको प्रधान सेनापति टेनिस प्रतियोगिता अगामी वैशाख २१ गतेदेखि

चैत्र २९, २०८१ शुक्रबार
तेस्रो संस्करणको प्रधान सेनापति टेनिस प्रतियोगिता अगामी वैशाख २१ गतेदेखि

तेस्रो संस्करणको प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता वैशाख २१ देखि २८ गतेसम्म काठमाडौंमा हुने भएको छ । भद्रकालीस्थित त्रिभूवन आर्मी अफिसर्स क्लव र दशरथ रङ्गशालास्थित टेनिस कोर्टमा सञ्चालन हुने प्रतियोगितामा पुरुष एकल, महिला एकल र पुरुष खुला डबल्स र महिला खुला डबल्स स्पर्धामा प्रतिष्पर्धा हुने शुक्रवार सैनिक मुख्यालय जंगी अड्डामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । प्रतियोगितामा पुरुष एकल, महिला एकल र डबल्सका विजेता, उपविजेता र तेस्रो हुनेलाई क्रमशः ६० हजार, ३० हजार र १६/१६ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने नेपाली सेनाको प्रवक्ता एवं सहायक रथी गौरवकुमार केसीले जानकारी दिनुभयो । त्यस्तै अन्तरसरकारी टेनिस प्रतियोगिता हुने समेत प्रवक्ता केसीले जानकारी दिनुभये । अगामि वैशाख ९ देखि १२ गतेसम्म हुने अन्तरसरकारी टेनिस प्रतियोगितामा एकल महिला र एकल पुरुष स्पर्धामा प्रतिष्पर्धा गराइनेछ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images