नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले इतिहासलाई पछाडितिर धकेल्न चाहनेहरुले १७ हजारको हत्यारा आफूलाई भनिरहँदा पार्टी निकट नेता÷कार्यकर्ताहरुले प्रतिवाद नगरेको भन्दै असन्तुष्टि जनाउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले १७ हजार मानिसहरु युद्धको नियमानुसार मारिएको बताउनु भयो । उहाँले त्यसबेला राज्य पक्षले कति र विद्रोही पक्ष (तत्कालिन माओवादी) ले कति हत्या ग¥यो भन्नेकुरा अध्ययन गर्न सकिने बताउनु भयो ।