उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले लिखित इतिहासले संस्कार र रितिरिवाज जीवन्त राख्ने बताउनुभएको छ । शनिवार ललितपुरमा आयोजित श्रीनृसिंह महात्म्य एवं स्मारिका २०८१ विमोचन तथा सम्मान कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले पुर्खा दिएको असल अभ्यास तथा संस्कार नयाँ पिढीलाई हस्तान्तरण गर्न पुस्तकले महत्वपूर्ण योगदान पु¥याउने बताउनु भयो । असल रितिरिवाज तथा संस्कृति जोगाउन नयाँ पुस्ता अगाडि आउनुपर्ने उहाँको भनाइ छ । उहाँले विभिन्न संस्कार, संस्कृति तथा पुर्खाको असल आचरणका बारेमा लेखिएका पुस्तकले नयाँ पुस्तालाई आकर्षित गर्ने बताउनु भयो । उहालेँ पुस्तक अध्ययन गरेर पुर्खाको नासोको संरक्षण तथा निरन्तरता दिन सकिने बताउनु भयो ।